बझाङ केन्द्रबिन्दु भएर भूकम्प

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि यही महिनाको ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ। रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्