राजविराज विमानस्थलमा भोलीबाट रात्रिकालीन उडान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि जडान गरिएपछि भोलीबाट  राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, पुस १ देखि विमानस्थलमा रात्रिकालीन उडान हुनेछ । बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो ।

उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्