काठमाडौँ । संसद् छलेर सरकारले अध्यादेश जारी गरेकोमा विपक्षी दलहरूले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण जनाएका हुन् ।
‘अध्यादेश जारी गर्ने सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ । संसद्लाई छलेर दूरगामी असर पार्नेगरी ल्याएको यो अध्यादेशको विपक्षी दलहरूको तर्फबाट भर्त्सना गर्दछौँ’, पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले भने’, ‘जनताको निरंकुश चरित्रका कारण आम जनतामा चरम निराशाजनक अवस्था छ । सरकारले भ्रष्टाचारी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ ।’