म पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य छैन :प्रकाशमान सिंह

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफु पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन्  ।

शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफु पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन्  ।

उनले लोकतन्त्रलाई बलियो बनाउदै आम नेपालीले सोचेको मुलुक बनाउन आफु केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए । नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठूलो देख्ने रहेको गुनासो गरे । उनले आफु पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गरे ।

पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अव भने बिश्राम दिने बेला आएको उनको भनाई छ । उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अव दोहराउन नहुने धारणा राखे । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशिल सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेसका युवा नेता गगन थापाले जनतासंग गरिएको बाचा कांग्रेसले पुरा गर्छ भन्ने भरोसा दिलाउनुपर्ने बेला आएको बताए । उनले अरुको बलमा नभएर आफैँले एकल शक्तिको आधारमा कांग्रेसको झण्डा गाड्ने बेला आएको उल्लेख गरे । पार्टीको महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको उनले बताए ।

काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नगर अधिवेशन आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडाको अधिवेशन नै बाँकी रहेकाले अधिवेशन नभएको हो । काठमाडौं महानगरमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्