थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टी, १२ संक्रमितको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६५ जनाको पीसीआर परीक्षणमा ८४९ र ४ हजार ३०० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९४ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्