आईतबार १८.५३ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ४९ करोडभन्दा माथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ बिन्दुमा पुगेको हो । आज ३ उपसमूहबाहेकका सबै उपसमूह घटेका छन् ।

आईतबार २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महिला लघुवित्तको भएको छ । यस कम्पनीको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्