थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार ९ सय ७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ४३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ८ सय ८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । हाल १४ हजार ७ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्