‘निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ’ : नेता राई

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताउनुभयो । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्