ठूला दलको अधिवेशन ः महिला नेतृत्व शून्य

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा,प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बागलुङमा महिला नेतृत्व शून्य भएको छ । दसँैंअघि नेपाली कांग्रेसले गरेको दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो ।

संविधानमानै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेका दलहरुलेनै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पुरयाउन सकेका छैनन्् । बागलुङमा जारी रहेको नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत ६ वटा स्थानीय तहमा पुरुष अध्यक्ष बनेका छन् ।
कांग्रेस र एमाले दुवैले जिल्लाका ८५ वडामध्ये कुनैपनि वडामा महिला अध्यक्ष निर्वाचित गर्न सकेनन् । दलहरुका विधानमा समेत ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि आफ्नै विद्यान विपरीत नेतृत्व चयन गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म एमालेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका बागलुङका ६ वटा पालिकामा पुरुषनै नेतृत्वमा आए । तमान खोला गाउँपालिकामा उपाध्यक्ष बाहेक अन्य पालिकामा उपाध्यक्ष समेत पुरुषनै भए । अधिवेशन हुन बाँकी रहेको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकमा पनि पुरुष नै नेतृत्वमा आकांक्षी छन् भने आजका लागि निर्वाचनको समय तोकिएको बागलुङ नगरपालिकामा ६ जना पुरुष अध्यक्षका आकांक्षी छन् ।

‘‘महिला प्रमुख हुन विधानमानै तोकिनुपर्ने हो र रु खै त नेतृत्वको सोच रु’’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा प्रविष्ट गरेको विचारले प्रस्ट हुन्छ महिला नेतृत्वमा आउन चाहन्छन् तर वातावरण छैन् । अखिल नेपाल महिला सङ्घ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताउनुभयो ।
नेतृत्वमा ल्याउनका लागि पहिलेदेखिनै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उहाँको तर्क छ ।
‘‘नेतृत्व पाइएन भन्ने मात्रै होइन त्यो खालको वातावरणनै बनेको छैन्, पुरुष जस्तो गरी राजनीतिमा पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउनुपर्छ’’, उहाँले भन्नुभयो,‘‘हामी सुरुआत गरेका छौं, आगामी अधिवेशनमा अहिलेको जस्तो शून्य उपस्थिति नरहला भन्ने आशा गरौं ।’’
महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषले पनि आवाज उठाउन थालेका छन् । “घरको कार्यक्रममा अबिर जात्रा जरूरी छैन हारजितको मनोभावनलाई भुलिदेउ र महिलाको ३३ प्रतिशत अधिकारलाई मुख्य पदमा सम्मानपूर्वक राखौं । मञ्चको चिल्ला भाषणले मात्र पार्टी बन्दैन है’’, बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष तथा एमालेका नेता राजन जिसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । पालिका र वडा तहको नेतृत्व छनोट हुँदा पदाधिकारी बाहेकका पदमा भने पार्टीले गणपुरक सङ्ख्या पु¥याउनका लागि महिला सहभागी गराउने गरेका छन् ।

दलहरुले नै बनाएको संविधानअनुसार स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर आफैले बनाएको विधि दलहरुले माननेन् । बागलुङमा स्थानीय तहको निर्वाचनका समयमा कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा भए । पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत मागेनन् । कानूनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखि मत माग्न लगाउनेसम्मका काम भए । फलस्वरुप बागलुङका चार वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुषनै छन् ।
कानूनी व्यवस्था भए पनि निर्वाचनको समयमा प्रक्रिया मिलाएर उनीहरु प्रमुख र उपप्रमुख भए । दुई फरक राजनीतिक दलबाट सहभागी छन् । स्थानीय तहमा महिलाको सहभागिता न्यून बनाएका राजनीतिक दलहरुले पार्टीको आन्तरिक निर्वाचनमासमेत वडा र पालिका तहमा महिलालाई नेतृत्व दिन सकेनन् । वडा र पालिकामा भएको अधिवेशनमा नेतृत्वमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्राय देखिए । महिलाले नेतृत्व नपाएको असन्तुष्टि त प्रश्स्तै छन् तर जाने ठाउँ छैन् । साना राजनीतिक दलहरुको तुलनामा बागलुङमा ठूला राजनीतिक दलमा महिला नेतृत्वमा कम आउने गरेका छन्
–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्