बढ्यो सुनको मूल्य तर चाँदीको उहि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ, बढ्यो सुनको मूल्य तर चाँदीको मुल्यमा स्थिर रहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको छ । सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको हो भने आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० स्थानीय बजारमा तोकिएको छ ।

त्यस्तै चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो भने आज पनि महासङ्घका अनुसार चाँदी प्रतितोला रु एक हजार २५०मा नै कारोबार हुने छ । सुन तथा चाँदीको मूल्य नेपाल सुनचाँदी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा तोक्दै आएको छ ।-RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्