निःशुल्क आँखा शिविर

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।

तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले सप्तरीको जनता माध्यमिक विद्यालय तोपामा आयोजना गरेको शिविरमा उपचार गरिएकोमध्ये ३०० सयमा मोतियाविन्दु भेटिएको युवाअभियनता कौशलकुमार यादवले जनाकारी दिनुभयो ।

उहाँका अनुसार सोही स्थानमा आयोजना गरिएको कान शिविरबाट २०० जनाको उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले आँखा तथा कानको जाँच गरिएको थियो । मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्