आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

Ad
  • कालोपाटी सम्बाददाता

‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरण गर्न थालिएको ‘कम्युनिटी सपोर्ट गु्रप’का प्रमुख प्रदीप जिसीले बताए । जिल्लामा १०८ युवाले असुरक्षित रुपमा सुई प्रयोग गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ । स्वास्थ्य कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले अभियाननै थालेका छन् । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पुयाउने, उपचारदर पनि ९५ प्रतिशत नै पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको गुरौले बताए ।

एड्स दिवसका अवसरमा जिल्लामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरे, कम्युनिटी सपोर्ट ग्रुपका जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले एड्सको अवस्थाबारे आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्