१२–१७ वर्षका बालबालिकाका लागि खोप लगाउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो  । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए ।

‘हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था छ छैन भन्नेबारे बुधबार उक्त क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दैछौं । उहाँहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँछौं दाहालले भने ।’

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्