मङसिर २४ र २५ मा चनपा वडास्तरीय कप फुटसल प्रतियोगिता

Ad
  • कालोपाटी सम्बाददाता

चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ ।

पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै सोही अवसरमा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीका बीच पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ८० हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने छ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् ।

प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोग समेत गर्ने छ । ”

कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद , राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लवले खेलकूदका विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् ।

नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले गतवर्षदेखि प्रतियोगिता आयोजना गरेको जानकारी दिए । उनले भने “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्