कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।

उनले आदिवासी-जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हो । उनी हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत छन्   । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उनले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताए । तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गरेका थिए ।

पार्टीको १२औँ र १३औँ  महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उन २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार थिए । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्