काठमाडौं महानगरपालिका र सिसडोबासि बीच मंगलबार बेलुका ९ बुँदे सहमति भएपछि काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।
काठमाडौं महानगरले भने नुवाकोटको सिसडोल-सडक बिग्रिएको कारण फोहोर उठाउन नसकिएको बताउदै आएको थियो ।
सहमतिमा सरकारले सिसडोल-सडक १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने , सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन , सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने आदि उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक लगायतको हिजो बसेको बैठकले बुधबारदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।
हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको अनुमान छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्