प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए र बैठकमा स्वागत गरे ।

त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो । आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ  । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्