मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

Ad
  • कालोपाटी सम्बाददाता

हेटौँडा । मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्