‘महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको’ : ऊर्जा मन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएका छन् ।

शुक्रवार ललितपुर महानगरपालिकाको १०३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबिच सहकार्य भइरहेको बताए । उनले महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनैपनि मतभेदहरु नभएको बताए । राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरुले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे ।

उनले भने – ‘हामी भिन्न भिन्न विचारको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधि भएपनि यो महानगरपालिकाको विकास गर्ने कुरामा चाहे कला, संस्कृति, सम्पदाको विकास र संरक्षण होस्, चाहे जनशक्तिको विकास गर्ने कुरा होस्, भौतिक पूर्वाधारको विकास होस्, पर्यावरणिय हिसाबले स्वच्छताको कुरा होस् । या यहाँको अरु आर्थिक, सामाजिक विकास गर्ने क्षेत्रमा यो कार्यकाल बडो राम्रो सहकार्य भएको छ । हामी विभिन्न पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधि छौँ । तर यो ठाउँको विकास र उन्नतिको निम्ति यसको संरक्षण र उन्नतिको निम्ति हाम्रा कुनैपनि खास मतभेदहरु रहेनन् । र रहनुपनि हुन्न । हामीले हाम्रो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा आस्था र विचारलाई आफ्नै ठाउँबाट अघि बढाउनुपर्छ भन्ने मान्यतालाई हामी सबैले आत्मसात् ग¥यौँ । र सहकार्यका बिचबाट आज हामी यहाँ आइपुगेका छौँ ।’

मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरण लगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा राख्नुभयो । महानगरको विकास र उन्नतिका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्