सभामुख र मन्त्रीद्वारा कृषिका कार्यक्रम अनुगमन

Ad
  • कालोपाटी सम्बाददाता

लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम पूर्वमा कृषिका कार्यक्रमको अनुगमन गरेका छन् । उनीहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गरेका हो । गत आर्थिक वर्षमा सञ्चालन गरिएको यी दुई कार्यक्रमको चुनवाङमै पुगेर उनहरूलगायतको टोलीले स्थलगतरूपमा अनुगमन गरेको छ ।

अग्र्यानिक जिल्ला घोषणा गरेको प्रदेश सरकारले प्रदेश मातहतमा रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयमार्फत सञ्चालन भइरहेका विभिन्न कृषि योजनाको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा सभामुख र कृषिमन्त्रीसँगै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायन देवकोटा, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपक्षी महाशाखका प्रमुख तुलसीराम भण्डारी पनि सहभागी थिए ।

अनुगमनका क्रममा कृषकसँग छलफल गर्दै उहाँहरूले अहिले भइरहेको कामकाज राम्रै भए पनि यसलाई अझ व्यवस्थित गरेर लैजानुपर्ने देखिएको बताउनुभयो । चुनवाङमा बाख्रा मिसन कार्यक्रमअन्तर्गत किसानले आधुनिक खोर निर्माण गरेका तर खोरको छाना जस्तापाताको त्यसलाई सुधार गर्न सल्लाह दिइएको छ । जस्तापाताले बाख्राको स्वास्थ्यमा असर पर्ने भएकाले जस्तापाताभित्र प्लाइउड राख्ने या खरको छाना बनाउने सुझाव कृषकलाई दिइएको हो । चुनवाङमा कृषक बोयर जातको बाख्रापालनमा आकर्षित भइरहेको भन्दै त्यसमा भन्दा पनि अझ बढी जोड स्थानीय जातमा नै दिनुपर्ने सुझाव पनि किसानलाई दिइएको छ ।

कृषकहरूले भने सभामुख र कृषिमन्त्रीसमक्ष बजारीकरणको समस्या भएकाले यसको समाधान गरिदिन आग्रह गरेका थिए । यसमा उनीहरूले बजारको मागअनुसार उत्पादनलाई बढवा दिन र लेबलिङ, प्याकेजिङका कुरामा पनि ध्यान दिन सुझाएका छन् ।

यस्तै एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम ९पूर्व०ले किसानको सहजताका लागि चालु आर्थिक वर्षमा चुनवाङमा सञ्चालन हुने लसुन प्याज प्रवद्र्धन कार्यक्रमको फिल्डमै सम्झौता गरेको छ । कार्यक्रममा छनोट भएका नौ किसानका सञ्चालनको लागि फिल्डमै कार्यक्रम सम्झौता गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी एवं कृषि अधिकृत थलराज बस्नेतले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्