बागमती प्रदेश सभाको बैठक अर्को सुचना नआएसम्म स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ  । विगत सरकारका योजनाहरु कटौती गरेको र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा एमालेले बिहीबार पनि बागमती प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका थिए । बैठकमा एमाले प्रदेशसभा सदस्य केशवराज पाण्डेले विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको बिषयमा सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । उनले मुख्यमन्त्री प्रदेशसभाको बैठकबाट भागेको आरोप लगाए बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसुची थियो । साथै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने कार्यसुची रहेको सभामुखले जानकारी गराएका थिए । तर एमाले प्रदेशसभा सदस्य पाण्डेले आफुहरुले राखेका बिषयमा सरकारको धारणा नआएकाले बैठक चल्न नसक्ने बताए ।

एमाले प्रदेशसदस्यलाई पटकपटक बस्न आग्रह गरेपनि अवरोध भएपछि सभामुख श्रेष्ठले अर्को सुचना नआएसम्म बैठक स्थगित गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्