एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव सरकारी निवासमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने , “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्