आजको मौसम : हिमपातको संभावना संगै हवाई यातायातमा असर पर्न सक्ने

Ad
  • कालोपाटी सम्बाददाता

आज सोमबारदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई यी प्रदेशहरुका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागहरूमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। त्यस्तै  देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया वदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। सो प्रणाली बिहीबार देखि क्रमिक रुपमा कमजोर बन्दै जाने संभावना रहेको छ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्