दोस्रो मध्यविन्दु महोत्सव आजदेखि

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वमा आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदैछ । मध्यविन्दु नगरपालिकामा मध्यविन्दु उद्योग वाणिज्य सङ्घको आयोजनामा अरुणखोलामा उक्त महोत्सव हुन लागेको हो । उक्त महोत्सव यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।

सङ्घका अध्यक्ष केदारप्रसाद पराजुलीले नगरपालिकामा पर्यटन तथा व्यपारिक गतिविधि वृद्धिसँगै यस क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी नगरपालिकाभित्र व्यावसायिक वातावरण तयार गर्न लागिएको उनको भनाइ छ ।

महोत्सवको झण्डै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । महोत्सवमा रु १० करोड बराबरको कारोबारको लक्ष्य रहेको पराजुलीले बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकीसहितको वृहत् शोभायात्रा, दोस्रो मध्यविन्दु नृत्य आइडल, स्थानीयरूपमा उत्पादित कृषि उपजको प्रदर्शनी तथा कला, संस्कृति, वेषभूषाको प्रदर्शनी रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्