२४औं पुरुष र नवौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस अन्तिममा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेपाल भारत्तोलन संघले २४औं पुरुष र नवौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस अन्तिम साता आयोजना गर्ने भएको छ ।

संघले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २७, २८ र २९ गते भक्तपुरमा प्रतियोगिता आयोजना गर्न लागेको नेपाल भारत्तोलन संघका अध्यक्ष राम कृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए । मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा र महिला तर्फ बिभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा २३ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताभर महिलातर्फ ३० स्वर्ण, ३० रजत र ३० कास्य गरि ९० पदकको छिनोफानो हुने छ ।

यसैगरी पुरुषतर्फ ३० स्वर्ण ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । कुल महिला र पुरुषको गरि १८० पदकका लागि झण्डै २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्