राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरे

Ad
  • कालोपाटी सम्बाददाता

जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैँडा करेन्ट लागेर मरेको हो । भरतपुर महानगरपालिका–१६ मा गैँडा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको उनले जानकारी र्दिए । चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको अवस्थामा फेला परेको हो । यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको उन जानकारी दिए ।

गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् । खनालका अनुसार ७० प्रतिशत वन्यजन्तुँ सवारीको ठक्करबाट मर्ने गरेका छन् । वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुनसकेको छैन ।

जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए । तिनीहरुमा एउटा पाटेबाघ, नौ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो । खनालले भने “सवारी साधन चलाउनेले होसियारी पु¥याइदिएमा वन्यजन्तु मर्ने सङ्ख्या घट्ने छ ।” धेरै सङ्ख्यामा मर्ने गरेको पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली खण्डमा आकाशे पुल वा सतही सडक निर्माणको बहस चलेको छ ।

यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन् । सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन । निकुञ्जको तथ्याङ्कानुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ । खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे ।

सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र चार भाले चित्तल मरेका हुन् । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका हुन् । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको तिवारीले जानकारी दिए ।

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन विभिन्न जनावर मरेको तिवारीले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्