रहेनन् वाङमय शताब्दी पुरुष

Ad
  • कालोपाटी सम्बाददाता

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी  पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए  । शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको  उपचारमा संलग्न डा सुरज बज्राचार्यले  जानकारी दिए  ।

अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी  पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्