१२ पास गर्नु भयो ? जागिर खान मन छ ! ईसेवामा ४२७ कर्मचारी माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ईसेवाले सातवटै प्रदेशमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले देशभर बजार प्रतिनिधि र बजार व्यवस्थापक पदमा कुल ४ सय २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले उक्त पदका लागि १२ पास भएका उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ । ईसेवाले सबैभन्दा बढी बागमती प्रदेश (काठमाडौं र चितवन) मा ३ सय ३६ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । लुम्बिनी प्रदेशमा ३२, गण्डकी प्रदेशमा २४ जना, कोशी प्रदेशमा १५ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, मधेश प्रदेशमा ४ जना र कर्णाली प्रदेशमा २ जना कर्मचारी भर्ना गर्न कम्पनीले आवेदन खुलाएको छ।

इच्छुक उम्मेदवारहरुले प्रदेश उल्लेख गरी ईमेलमार्फत आफ्नो सीभी पठाउन कम्पनीले आग्रह गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्