सौराहामा गोही संरक्षण मेला हुने, गोही प्रजातिको दिगो संरक्षणमा रणनिति तयार गर्ने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना हुने भएको हो ।

सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण रणनिति तयार गर्न मेला आयोजना हुने भएको छ । नयाँ पिँढीमा संरक्षण संस्कृतिको विकास गर्न उक्त मेला आयोजना गर्न लागेको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिएकी छिन् ।

त्यस्तै, केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य-दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र खानाका परिकारलगायत स्टल राख्नेछन् । मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायतका कार्यक्रम र विभिन्न आठ विद्यालयमा संरक्षण शिक्षा सञ्चालन गर्ने भट्टले बताएकी छिन् ।

उक्त मेलाले पर्यटकलाई आकर्षण गर्नाका साथै गोही प्रजातिको संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्ले जानकारी दिएका छन् । नेपालमा घडीयाल र मगर गरी दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरुको सङ्ख्या घट्दो क्रममा रहेको छ ।

नेपालमा घडियाल गोही दुई सय ३९ वटा रहेको छ । मगर गोहीको गणना भने हालसम्म भएको छैन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्