पार्टीको आन्तरिक बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगे महोत्तरी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री दाहाल महोत्तरी पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार बिहान महोत्तरीको बर्दिबास पुगेका हुन् ।

अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास-४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेकोमा माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताएका छन् । उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिएका छन् ।

त्यस्तै, प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने भएका छन् । उनी मंगलबार दिउँसो जिल्लाको गौशाला-५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित १ हजार ८ सय नेता सहभागी हुनेछन् । उक्त कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल (आज) मंगलबार नै काठमाडौँ फर्कनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्