बिहीबारको मौसम पूर्वानुमान, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो ।

त्यस्तै, महाशाखाका अनुसार (आज) बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने जनाएको छ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । आज सूर्यास्त ५ बजेर ९ मिनेटमा हुनेछ ।

पश्चिमी वायुको प्रभावकाकारण देशभर तापक्रममा गिरावट आउन सक्छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्