सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताएका छन् । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले प्रधानमन्त्री दाहाललाई आयोगको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

यस्तै, आयोगका आयुक्त रत्नप्रसाद मैनालीका अनुसार प्रधानमन्त्री दाहालले सूचनाको हकसम्बन्धी कानुनमा आवश्यक संशोधन गरी आयोगलाई स्रोत, साधनलाई प्रभावकारी बनाउन आफू सकारात्मक रहेको पनि विश्वास व्यक्त गरेका थिए । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागी भएका थिए ।

आयोगले प्रतिवेदन र सिफारिशबारे आज बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्