इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)  महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक स्वदेश फर्किएका हुन् ।

प्रहरी महानिरीक्षकसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएका छन् । उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए । ।

महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा द रिपब्लिक अफ पलाउलाई मान्यता प्रदान गरेको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्