प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले (आज) सोमबार प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । २९औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरेको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका हुन् ।

महानगर दिवस प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो । खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्यौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।

खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए । यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरेका हुन् । जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री खेल उदाहरण हो । यसले आन्तरिक समन्वयलाई बिम्बित गर्छ । खेल सकिएपछि मुल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिएकी थिइन् ।

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्