बिहीबार सुनको मूल्य २८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ३ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्