नेपाल दूरसञ्चार प्राधिकरणद्धारा तीन इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले  इन्टरनेट (इ-मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार अनुमतिपत्र प्राप्त गरेका  कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वत:खारेज गरेको हो ।

प्राधिकरणले तीन कम्पनीहरुलाई ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम-दस्तुर तथा विवरणहरु बुझाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । अन्यथा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्