जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु र प्रहरी सहायक हवल्दार घाइते भएका छन् ।

पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको छ । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगेको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिएका छन् ।

त्यस्तै, गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका-११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर-२ बाट नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्