शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, चाँदीको मुल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ६ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्