बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

निजलाई ६ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध ९ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो ।

प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्