बारामा बढ्यो धान उत्पादन, किसान उत्साहित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २०५८७.५ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष २ लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिएका छन् । गत वर्ष भने २५०४७१.५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अगहनी धान १ लाख ३९ हजार ८ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार १ सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ ।

यस्तै, गत वर्ष अगहनी धान १ लाख ४३ हजार २ सय ८३ मेट्रिक टन, भदैया धान ५०१९१.५ मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो । मूल्यका हिसाबले यस वर्ष ८ अर्ब ६४ करोड ३ लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले जानकारी दिएका छन् ।

उनका अनुसार गत वर्ष ६ अर्ब १४ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको धान उत्पादन भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्