पाइथान गेम्समा ४ नेपाली खेलाडी सहभागी हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पाइथान गेम्समा ४ नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको नयाँ दिल्लीमा आगामी पुस ३ देखि ५ गतेसम्म हुने मोडर्न पाइथान गेम्समा नेपालबाट चार मुवाथाई खेलाडीले भाग लिने भएका हुन् ।

प्रतियोगितामा दुई पुरुष तथा दुई महिला खेलाडी सहभागी हुने भएका छन् । पुरुष ६५ केजीमा मुकेश लुइँटेल खत्री तथा ६० केजीको प्रतिस्पर्धामा किशोर नेगी रहेका छन् । महिलातर्फको ४८ केजीमा प्राप्ति बतास र ५१ केजीमा पारिका बतास सहभागी हुँदैछन् ।

प्रतियोगितामा भाग लिने पाँच सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् । साथै, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारीले (आज) शुक्रबार आयोजित एक कार्यक्रममा बिदाइ गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्