स्वास्थ्य शिविरबाट ३ सय सेवाग्राही लाभान्वित, आँखाको जाँच गरेका ५५ जनालाई नि:शुल्क चस्मा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय ४ सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा-१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार भएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार २ सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने, ‘मोतियाविन्दु देखिएकालाई नि:शुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।’

यस्तै, शिविरमा आँखासम्बन्धी २ सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई नि:शुल्क चस्मा वितरण गरेका थिए । उपचारमा डा.गणेश फुलारा, डा.अनिल खड्का, डा.पुजन चापागाइँलगायतको टोली खटेको शुक्लाफाँटा-१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिएका छन् ।

उनले भने, ‘जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि शिविर सञ्चालन गरिएको हो । आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्