चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ३०, ७ सय भन्दा धेरै घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उत्तरी चीनमा गएको भूकम्प परी १ सय ३० जनाको मृत्यु भएको छ । नेपालको समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको हो ।

यस्तै, भूकम्प परी ७ सय भन्दा धेरै घाइते भएका छन् । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १ सय ३० जनाको मृत्यु भएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ ।

भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म रहे पनि खोज तथा उद्धारको काम तीव्रताका साथ भइरहेको छ । चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ ।

गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्