पर्साको वीरगञ्ज महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाले स्वयम्सेवक शिक्षक हटाएको छ । यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाएका छन् । नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयम्सेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो ।

महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा १ सय ५७ स्वयम्सेवक शिक्षक राखेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्