एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । प्रवक्ता झाका अनुसार जहाजको शौचालयमा शिशु भेटिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्