नेपाल वायुसेवा निगमले राख्यो ५ चिनियाँ जहाज लिलाममा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ५ वटा चिनियाँ हवाई जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलाम बढाबढमा बेच्न लागेको हो ।

यी चिनियाँ हवाई जहाजहरू ३ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । उक्त जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । बढी मूल्य कबुल गर्नेले जहाज पाउने छन् । त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

यस्तै, निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागेको हो ।

निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्