बुधबारको मौसम..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, बुधबार दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्