प्रम कप राष्ट्रिय महिला क्रिकेट: कर्णालीलाई १ सय ६१ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमार्डौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनाएको हो ।

एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै ९ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् । ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै ८ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् ।

त्यस्तै, रोमा थापाले अविजित १४ रन बनाइन । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारेकी छिन् । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्