राष्ट्रिय सहकारी बैंकमा कर्मचारी माग, पुस २५ गतेसम्म आवेदन दिन सकिने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदकोलागि कर्मचारीको माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा १ सय कर्मचारी माग गरेको हो ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५-१५ जना, तालिम स्तरीकण अधिकृत ३ जना, कर्जा अधिकृत २ जना र कर्मचारिको लागि आवेदन खुलाएको हो । साथै, व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत, आन्तिरिकलेखा परीक्षण प्रमुख र कानुन अधिकृत १-१जना माग गरेको छ ।

इच्छुक उमेदवारहरुले पुस २५ गतेभित्र आवेदन गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्