सूर्यज्योति लाइफ इन्स्योरेन्समा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता..(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटका लागि कर्मचारी माग गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका शाखाका लागि २ पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ । ब्रान्च म्यानेजरका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीका अनुसार बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन् । ब्रान्च म्यानेजरका लागि उमेदवारको उमेर २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन् । सेल्स एक्जिक्युभिटका लागि उमेदवारको उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, दुवै पदका लागि जीवन बीमा कम्पनीमा काम गरेका लागि उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्